दफा १२
राहदानी जारी नगर्ने वा रोक्का राख्ने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका व्यक्तिको नाममा राहदानी जारी नगर्न वा रोक्का राख सकिनेछ:ः-
(क) राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, अपहरण, लागूऔषध, अवैध हातहतियार कारोवार, सङ्गठित अपराध वा आतङ्कवाद सम्बन्धी कसूरको अभियोगमा अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख लेखी पठाएको,
(ख) राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, अपहरण, लागूऔषध, अवैध हातहतियार कारोवार, सङ्गठित अपराध वा आतङ्कवाद सम्बन्धी कसूरको अभियोगमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतको आदेश बमोजिम त्यस्ता व्यक्तिको राहदानी जारी नगर्न वा रोक्का राख अदालतले लेखी पठाएको,
(ग) राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, अपहरण, लागूऔषध, अवैध हातहतियार कारोवार, सङ्गठित अपराध वा आतङ्कवाद सम्बन्धी कसूरको अभियोगमा अदालतबाट कसूरदार ठहर भई सजाय भोगिरहेको,
(घ) बैंक तथा वित्तीय संस्थाको क्रण तिर्न नसकी प्रचलित कानून बमोजिम कालो सूचीमा परेको,
(ङ) मनासिब माफिकको कारण सहित नेपाल सरकार वा अदालतको आदेशबाट विदेश जान रोक लगाएको वा राहदानी जारी नगर्न वा जारी भएको राहदानी रोक्का राख आदेश भएको,
(च) राहदानी जारी गर्ने निकायले आधार र कारण खुलाई जारी नगर्ने वा राहदानी रोक्का राखे भनी निर्णय गरेको,
(छ) राहदानीबाहकको नाममा जारी भएको राहदानीको बहाल अवधि एक वर्षभन्दा बढी बाँकी रहेको ।
(२) बिभागले उपदफा (१) बमोजिमको कारणबाट साधारण राहदानी जारी गर्न नसक्ने भएमा सोको जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।
(३) उपदफा (१) को खण्ड (क) बमोजिमको अवस्थामा अदालतबाट राहदानी जारी गर्न वा राहदानी रोक्का नराख आदेश भएमा त्यस्तो व्यक्तिको नाममा राहदानी जारी गरिनेछ ।
(४) उपदफा (१) को खण्ड (ख) बमोजिमको कसूरमा अदालतबाट सफाई पाएमा वा खण्ड (घ) बमोजिमको कसूरमा कानून बमोजिम सजाय भुक्तान गरेमा त्यस्तो व्यक्तिको नाममा राहदानी जारी गरिनेछ ।
(५) उपदफा (१) को खण्ड (घ),
(ङ) वा (च) बमोजिमको अवस्था विद्यमान नरहेको भनी सम्बन्धित निकायबाट लेखि आएमा त्यस्तो व्यक्तिको नाममा राहदानी जारी गर्न सकिनेछ ।